२६ बैशाख २०८१, बुधबार

पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो


नारायणगढ-मुग्लिन सडकखण्ड फाइल फोटो

मुग्लिन । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ । गए राति ९ः५ बजे चितवनको इच्छाकामना-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो हटाएर राति १ः३० बजेबाटनै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !