२२ बैशाख २०८१, शनिबार

चितवनमा सवारीसाधनको ठक्करबाट १ जनाको मृत्यु


दुर्घटना

मुग्लिन । चितवनमा सवारीसाधनको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए ।

उनको सनाखत हुन सकेको छैन । ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !