१५ बैशाख २०८१, शनिबार

श्रीमान्ले पाठेघर बाहिर तानी चोट पुर्याएकी महिलाको मृत्यु


मृत

चितवन । श्रीमान्ले पाठेघर बाहिर तानी चोट पुर्याएकी महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१० की ती महिलाको सोमबार राति ११ः५० बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई श्रीमान् ४० वर्षीय रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी यही जेठ १२ गते कुटपिट गर्नुका साथै योनीभित्र औला छिराई पाठेघर बाहिर तानी चोट पुर्याएका थिए । घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनका श्रीमानलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । जबर्जस्ती करणीको घटना भएकाले मृतक महिलाको नाम थर गोप्य राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !