२४ बैशाख २०८१, सोमबार

स्याङ‍्जामा मतदाता बोकेको जीप दुर्घटना : १३ जनाको मृत्यु


स्याङ‍्जामा मतदाता बोकेको जीप दुर्घटना

स्याङ्जा । स्थानीय तह निर्वाचनको दिन स्याङ‍्जा जिल्लामा जीप दुर्घटना भएको छ । स्याङ‍्जामा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालका अनुसार वालिङ-१४ को पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार १३ जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा १२ जना घाइते छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ ।

मृतक तथा घाइतेको नामावली प्राप्त भइसकेको छैन । अहिले थप उद्धार कार्य जारी रहेको छ । उक्त दुर्घटनाको बारेमा थप जानकारी प्राप्त हुन बाँकी छ ।

*१३ हुनुपर्नेमा १४ भएकोमा सच्चाइएको छ – प्रधान-सम्पादक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !