२१ बैशाख २०८१, शुक्रबार

काठमाडौँवाट शंकास्पद २२ जना चिनियाँ नागरिक पक्राउ


पक्राउ

काठमाडौँ । काठमाडौंबाट शंकास्पद २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौँको महाराजगञ्जवाट अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको हो ।

अध्यागमन विभागले शंकास्पद अवस्थामा रहेका ती चिनियाँ नागरिकमाथि अनुसन्धान थालेको हो । व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरुमाथि अनुसन्धान थालेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए ।

अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना भने भिसा सकिएको पाइएको उनले जानकारी दिए । उनका अनुसार केही दिनअघि नियन्त्रणमा लिइएका उनीहरुलाई आवश्यक पर्दा उपस्थित हुने गरी छाडिएको र अनुसन्धान भने जारी रहेको छ ।

भिसा सकिएकाको हकमा डिपोर्टको प्रक्रिया थालिएको र अन्यले व्यापार गरे-नगरेको विषयमा अनुसन्धान भइरहेको विभागले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !