१८ बैशाख २०८१, मंगलबार

अज्ञात समूहद्वारा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड


शालिक तोडफोड

हेटौंडा । हेटौंडामा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ । अज्ञात समूहले हिजो बिहीबार राती मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ दिब्य बाल उद्यानमा रहेका शालिकमाथि तोडफोड गरेको वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।

पार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भण्डारीले स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको बताएका छन् । शुक्रबार बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समिति र प्रहरीलाई खबर गरेका थिए ।

मदन भण्डारीको शालिकको शीर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए । २० महिना अगाडि करिब २० बिगाहा क्षेत्रफल समेटर पार्क निर्माण गरिएको अध्यक्ष भण्डारीले बताए। उनका अनुसार पार्कमा रहेका अन्य संरचना भने यथावत छन् ।

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !