१४ बैशाख २०८१, शुक्रबार

लोडसेडिङ घट्यो, मंगलबारदेखि हप्तामा ६३ घण्टा लोडसेडिङ


Loadshedding schedule

नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लोडसेडिङको समय घटाएको छ । दैनिक ९ घण्टासम्म विद्युत भार कटौती हुने प्राधिकरणले जनाएकोछ । नयाँ तालिका अनुसार अब हप्तामा ६३ घण्टा लोडसेडिङ हुनेछ । मंगलबारदेखि एक घण्टा लोडसेडिङ घट्ने

नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः लोडसेडिङको समय घटाउँदै लगिने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिए।

उनका अनुसार हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग रहँदै आएको छ।

प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घन्टा र अधिकतम सात घन्टाभन्दा बढी लोडसेडिङ गर्ने जनाएको छ। रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !