२३ बैशाख २०८१, आइतबार

राष्ट्र बैंकका कर्मचारी गभर्नरमाथिको निलम्बन फिर्ताको माग गर्दै आन्दोलित


नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरु गभर्नर महाप्रसाद अधिकारीमाथिको निलम्बन फिर्ताको माग गर्दै आन्दोलित भएका छन् । गभर्नर अधिकारीलाई सरकारले गरेको निलम्बनको विरोधस्वरुप राष्ट्र बैंक संघमा आवद्ध कर्मचारीहरु आज आइतबार आन्दोलित भएका हुन् ।

राष्ट्र बैंकका कर्मचारीले केन्द्रीय कार्यालय परिसरमा कालो ब्यानर झुण्ड्याएका बिरोध प्रदर्शन गरेका हुन् । गत चैत २५ गते सरकारले अधिकारीमाथि छानबिन समिति गठन गरेपछि गभर्नर अधिकारी निलम्बनमा परेका थिए ।

उनीहरुका अनुसार राज्य संचालनहरु वित्तीय प्रणालीको दुरुपयोग गर्दा पटक-पटक नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताएका छन् । गभर्नरमाथि हुने गरेका आक्रमणमाथि कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि विरोधमा उत्रिएको आन्दोलित कर्मचारीले बताएका छन् ।

यस्तै गभर्नर अधिकारी निलम्बनमा परेपछि सर्वोच्च अदालत पुगेका छन् । राष्ट्र बैंकका गभर्नर अधिकारी सरकारविरुद्ध रिट लिएर आज सर्वोच्च पुगेका हुन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गभर्नर अधिकारीलाई नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले निलम्बन गरेको हो ।

सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको छ । आफूमाथिको छानबिन समिति गठन गैरकानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत सरकारको निर्णय खारेजीका लागि अधिकारी सर्वोच्च पुगेका हुन् ।

यो पनि पढ्नुहोस्

गभर्नर अधिकारी सरकारको निलम्बनविरुद्ध पुगे सर्वोच्च अदालत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !