१२ बैशाख २०८१, बुधबार

गभर्नर अधिकारी सरकारको निलम्बनविरुद्ध पुगे सर्वोच्च अदालत


महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेपछि सर्वोच्च अदालत पुगेका छन् । राष्ट्र बैंकका गभर्नर अधिकारी सरकारविरुद्ध रिट लिएर सर्वोच्च पुगेका हुन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गभर्नर अधिकारीलाई नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले निलम्बन गरेको हो ।

विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहावट जस्ता गम्भीर आरोप लागेकाले गभर्नरबारे मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेकोले सरकारले उनलाई निलम्बन गरेको थियो ।

सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको छ । गत चैत २५ गते सरकारले अधिकारीमाथि छानबिन समिति गठन गरेपछि गभर्नर अधिकारी निलम्बनमा परेका थिए ।

आफूमाथिको छानबिन समिति गठन गैरकानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत सरकारको निर्णय खारेजीका लागि अधिकारी सर्वोच्च पुगेका हुन् । यद्यपि गभर्नर अधिकारीको रिट निवेदन तयार आज दर्ता नभई भोलि मात्र भएपछि प्रक्रिया अनुसार पेशी तोकिने सर्वोच्च स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !