१९ बैशाख २०८१, बुधबार

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस नेपाल भ्रमणमा आउने


डा. टेड्रोस अधानोम गेब्रेयसस

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा डब्लुएचओका महानिर्देशक टेड्रोस नेपाल आउन लागेका हुन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले विश्व स्वास्थ्य संगठनका महासचिव डा.टेड्रोस आउने बताएका छन् । उनका अनुसार टेड्रोस तीन दिनसम्म नेपालमा रहने टेड्रोससंग रिजनल डाइरेक्टर पनि आउने भएका छन् ।

उनी आगामी वैशाख ८ गते (अप्रिल २१ तारिख) मा नेपाल आउन लागेका हुन् । नेपालमा रहँदाउनको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

यसका साथै उनले नेपालमा रहँदा स्वास्थ्य क्षेत्रका उच्च अधिकारीसँग पनि भेटघाट गर्नेछन् । कोरोना संक्रमणले नेपालमा पारेको प्रभाव र नियन्त्रण गर्न खेलेको भूमिकाको बारेमा जानकारी गराउने उनी नेपाल आउने भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !