१९ बैशाख २०८१, बुधबार

अर्जुन दासको हत्याको आरोपमा ४ जना पक्राउ


पक्राउ

कैलाली । हत्या आरोपमा मनोज भण्डारीसहित ४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्याको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जानकी–९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दास छन् । अर्जुनको शव टाउको काटेर छुट्याएको अवस्थामा बनमा पुस ३ मा भेटिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !