२४ बैशाख २०८१, सोमबार

भारतीय तीन लाख आठ हजारसहित ४ जना पक्राउ


पक्राउ

काठमाडौं । मोरङमा भारतीय तीन लाख आठ हजार पाँच सय नगद सहित चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई श्रोत नखुलेको भारतीय नोटसहित पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहारका अभिनास मुखिया र विष्णुदेव मुखिया रहेका छन् । त्यस्तै सुनसरी वर्जु गाउँपालिका बस्ने सुरज ऋषिदेव र शिवकुमारी ऋषिदेव पनि पक्राउ परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !