१५ बैशाख २०८१, शनिबार

वर्षौदेखि साप्ताहिक रुपमा लाग्दै आएको नवलपुरको तमसरिया बजार अव नलाग्ने


नवलपुर

नवलपुर । आज २२ गते मंगलबार मध्यविन्दु नगरपालिका तमसरिया बजारमा आउने शनिबारदेखि साप्ताहिक बजार नलाग्ने सुचना हामीले पाएका थियौं । विगत लामो समयदेखि यो क्षेत्रमा साप्ताहिक बजार लाग्ने गरेकोमा हाल बजारका केही व्यक्तिहरूले अबदेखि साप्ताहिक बजार नलगाउनु भनेर उजुरी हालेका रहेछन् ।

साप्ताहिक बजार लाग्दा बजारमा व्यापार बढि हुने गरेको हुन्छ । तर यसतर्फ नबुझेको हो वा केहो यो भने बुझ्न बाँकी छ । साप्ताहिक बजार नलाग्ने सम्बन्धमा हामीले बुझे अनुसार साप्ताहिक बजार समितिका अध्यक्ष चिरन्जीवी श्रेष्टका अनुसार अबदेखि यो बजारमा साप्ताहिक बजार नलगाउने आदेश हामीलाई प्राप्त भएकोले बजार समितिले नभन्दासम्म हामी साप्ताहिक बजार नलगाउने भएका छौं भनेका थिए ।

बजारमा टाढादेखि सवै पाइने भनेर मान्छे आउने गरेकोमा अब यो बजारलाई अझ नोक्सान हुन सक्छ भन्ने उहाँको तर्क थियो । चाहे जेहोस् साप्ताहिक बजार लगाउदा कसैलाई नोक्सान होला जस्तो लाग्दैन । आजकाल बजारमा सवै सामान पाउने हुनाले बजार बस्दा व्यापार हुदैंन भन्ने मानसिकता बढेकाले यस्तो अवस्थामा पुगेको त होइन भन्ने प्रश्न चिन्ह खडा भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !