१८ बैशाख २०८१, मंगलबार

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्रा विदेश सचिवमा नियुक्त


विनय मोहन क्‍वात्रा

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले क्‍वात्रालाई विदेश सचिवमा नियुक्त गरेको हो ।

भारतको मन्त्रिपरिषद्ले क्‍वात्रालाई आज सोमबार विदेश सचिवमा नियुक्त गरेको हो । उनले आगामी मे १ तारिखदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् ।

क्वात्रा मोदी सरकारले २०७६ साल पुस महिनामा नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त गरेको थियो । नेपाल आउनुअघि उनी फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए ।

वर्तामान भारतीय विदेश सचिव हर्शबर्द्धन शृंगलाले अप्रिल अन्तिममा अनिवार्य अवकास पाउने भएपछि क्‍वात्रालाई मोदी नेतृत्वको सरकारले सो जिम्मेवारी दिएको हो । श्रृङ्लाले ३० अप्रिलमा अवकाश लिँदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !