२१ बैशाख २०८१, शुक्रबार

टिपरको ठक्करबाट दिदीबहिनीको निधनपछि सुन्दरीजलक्षेत्र तनाबग्रस्त, प्रहरीद्वारा अश्रुग्याँस प्रहार


सुन्दरीजलक्षेत्र तनाबग्रस्त

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट एउटै घरका दुई स्कुले बालिका दिदीबहिनीको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजलक्षेत्र तनाबग्रस्त भएको छ ।

बालिकाहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गर्नुका साथै टिपरमा आगजनीसमेत गरेका छन् । अहिले सो क्षेत्रमा बाक्लो संख्यामा प्रहरीहरु खटिएका छन् । प्रहरीले आन्दोलनरत स्थानीयहरुमाथि अश्रुग्याससमेत प्रहार गरेको छ ।

स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि घिसिङ र श्रेया घिसिङको आज बिहान ८ः३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !