२३ बैशाख २०८१, आइतबार

दुर्घटनाबाट एकजनाको मृत्यु, दुईजना घाइते


दुर्घटना

काठमाडौं । कास्कीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान ना६ख ४७२५ नम्बरको ट्रकले ग१४प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजना घाइते छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी पोखरा महानगरपालिका–१८ की १८ वर्षीया अन्जना पाइजाको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ । घाइते भएका स्कुटरमा सवार मीना गुरुङ र कमला पाइजाको सोही अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !