१४ बैशाख २०८१, शुक्रबार

दुर्घटनाबाट एकजनाको मृत्यु


दुर्घटना

काठमाडौं । नेपालगन्जमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भे१क ६५७ नम्बरको टिपरले ठक्कर दिँदा हुम्लाको सिमकोट गाउँपालिका–२, ठेहेका ७० वर्षीय वीरबली भण्डारीको मृत्यु भएको हो ।

मृतकको शव पोस्टमार्टमका लागि नेपालगन्ज भेरी अस्पताल पठाइएको छ । टिपरचालक नियन्त्रणमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !