२४ बैशाख २०८१, सोमबार

दुर्घटनाबाट एकजनाको मृत्यु


मृत्यु

काठमाडौं । झापामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रकमा ठोक्किएर मोटरसाइकल पल्टिँदा बुद्धशान्ति गाउँपालिका–४ का २५ वर्षीय अन्जन फागोको मृत्यु भएको हो ।

घाइते भएका फागोको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा गए राति सवा ९ बजे मृत्यु भएको हो । ट्रक चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !