२० बैशाख २०८१, बिहिबार

करेन्ट लागेर महतोको मृत्यु


मृत्यु

सर्लाही । सर्लाहीमा विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करेन्ट लागेर फेटा गाउँपालिका–१ त्रिवेणी का २५ वर्षीय शिवजी महतोको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज पोल गाड्ने क्रममा महतोलगायत अन्य तीन मजदुरलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !