२३ बैशाख २०८१, आइतबार

दुर्घटनाबाट दुई वर्षीय बालकको मृत्यु


दुर्घटना

काठमाडौं । सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार प्रदेश २ ०३००१ त २४३९ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय दुई वर्षीय रितिकको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा बिहीबार बेलुका साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाइएको छ । ठक्करपश्चात् चालक फरार रहेकाले खोजी भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !