२१ बैशाख २०८१, शुक्रबार

दुर्घटनाबाट दुई जनाको मृत्यु


शव फेला

काठमाडौं । चोभारमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ना १ ज ६३५४ नम्बरको टाटा सुमो गाडीले बा ९२ प २३१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नागार्जुन नगरपालिका बस्ने समीर गिरीको मृत्यु भएको छ भने अर्का एक जनाको पहिचान खुलिसकेको छैन ।

घाइते भएका दुई जनालाई प्रहरीले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगेको थियो । त्यहाँ पुर्‍याउँदा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले टाटा सुमो चालक सिमरा उपमहानगरपालिका-६ का सन्जय खानलाई नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !