२२ बैशाख २०८१, शनिबार

जिप दुर्घटना हुँदा १९ वर्षीया श्रेयाको मृत्यु


दुर्घटना

धनकुटा । धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट जिपमा सवार धनकुटाकै सागुरीगढी गाउँपालिका–७ की १९ वर्षीया श्रेया राईको मृत्यु भएको हो।

श्रेयाको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !