१४ बैशाख २०८१, शुक्रबार

न्याय सेवा आयोगको बैठकद्वारा १८५ जना कर्मचारीको सरुवा


कायममुकायम प्रधानन्यायाधीश

काठमाडौँ । न्याय सेवा आयोगको आजको बैठकले न्याय सेवाका १८५ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले उक्त सेवाका सो कर्मचारीलाई सरुवा गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । सरुवा हुनेमा ११ सहसचिव, ४० उपसचिव र १३४ अधिकृत गरी १८५ कर्मचारीको रहेका छन् ।

बैठकले जिल्ला न्यायाधीशको परीक्षा उत्तीर्ण गरेका दुईलाई जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । लिखित परीक्षा तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण भएका भुवन गिरी र ओमबहादुर सोडारीलाई बैठकले जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !