२१ बैशाख २०८१, शुक्रबार

टेम्पो दुर्घटनाबाट एकजनाको मृत्यु, दुई घाइते


दुर्घटना

पर्सा । पर्सामा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना सामान्य घाइते छन् । प्रहरीका अनुसार ठोरी गाउँपालिका–४ का अन्दाजी ३५ वर्षीय वीरबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका खेलबहादुर विश्वकर्मा र विजय सुनारलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !