१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा बौद्ध भिक्षुभिक्षुणीलाई बुद्ध मन्त्रोच्चारणसहित संघदान प्रदान


विद्यादेवी भण्डारी sf7df8f}F, @( kmfu’g . /fi6«klt ljBfb]jL e08f/L, /fi6«klt sfof{no zLtn lgjf;df cfOtaf/ cfof]lht g]kfn ah|ofg dxfljxf/ ;‹ k|aHof ;+j/ sfo{qmdnfO{ ;Daf]wg ub}{ . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध भिक्षुभिक्षुणीलाई बुद्ध मन्त्रोच्चारणसहित सङ्घदान प्रदान गरेकी छन् । नेपाल बज्रयान महाविहार सङ्घ लुम्बिनीले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजना गरेको प्रबज्या संवर ग्रहण गरेका भिक्षुभिक्षुणीलाई राष्ट्रपतिद्वारा सङ्घदान प्रदान गरिएको हो ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले मौलिक सभ्यताको संरक्षण र संवद्र्धनका लागि सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताइन् । उनले बौद्ध दर्शनको सांस्कृतिक र आध्यात्मिक परम्पराबाट मौलिकता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले हरेक धर्मको संरक्षण संवद्र्धनमा जोड दिँदै सोका लागि आफूले पनि आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको बताइन् । नेपालमा विगतदेखि मनाउँदै आइएकोे नेपाल सम्यक् महादान पर्व पुनः मनाउने मागका सन्दर्भमा आफू सकारात्मक रहेको भन्दै राष्ट्रपति भण्डारीले त्यस सम्बन्धमा आवश्यक निर्णय लिइने बताइन् ।

बिहारका चक्रेश्वर प्राध्यापक डा नरेशमान बज्राचार्यले नेपालमा एक हजार ५०० वर्षभन्दा पहिलेदेखि चलिआएका यस्ता परम्परा नासिन नहुने बताउँदै बज्राचार्यले यस्ता सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिएकी थिइन् । बज्राचार्यले नेपाल सम्यक् महादान पर्व मनाउने परम्परा विगत लामो समयदेखि रोकिएको र सोको पुनः सुरुआत गर्न सरकारको साथ आवश्यक रहेको बताइन् ।

लुम्बिनीस्थित नवनिर्मित बिहार हालै मात्र राष्ट्रपति भण्डारीद्वारा समुद्घाटन भएको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, बौद्धधर्म गुरुहरु, भिक्षु भिक्षुणीलगायत उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !