२१ बैशाख २०८१, शुक्रबार

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु


दुर्घटना

बिराटनगर । धनकुटाको पाख्रीबास नगरपालिका-६ स्थित भित्रि सडक खण्डमा हिजो राती पौने ८ बजे को. २ त ७११ नं. को ट्याक्टर ब्रेक फेल भई सडक साईडमा पल्टदा ट्याक्टरमा सवार रहेका पाख्रीवास-६ का ५२ बर्षीय बम बहादुर राई गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो ।

यसै गरी राती साढे ११ बजे बिराटनगर महानगरपालिका-३ दुर्गा चोक स्थित भित्रि सडक खण्डमा को. १४ प ९४५८ नम्वरको स्कुटी आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका स्कुटी चालक सप्तरी घर भई बिराटनगर-३ स्थितमा बस्दै आएका ३६ बर्षीय हरी भुजेलको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !