२२ बैशाख २०८१, शनिबार

लागूऔषधसहित २० वर्षीय साह पक्राउ


पक्राउ

सर्लाही । नेपाल-भारत सीमास्थित मलंगवा नगरपालिका-८, बाट चेक जाँचका क्रममा लागूऔषधसहि एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साह पक्राउ परेका छन् ।

प्रहरीका अनुसार लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै गर्दा साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ(रेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !