१९ बैशाख २०८१, बुधबार

बतासको होटेल सञ्चालनमा अवरोध नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश


काठमाडौं । उच्च अदालत पाटनले अन्तरिम आदेशको टुंगो नलागेसम्म ०७६ वैशाख ३० गतेको सम्झौताअनुसार होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै अवरोध सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

व्यवसायी आनन्द बतासको कम्पनी होटेल आनन्द प्रा.लि.ले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर हालेको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालतले फागुन ९ गते दुवै पक्षलाई बोलाएको छ । होटल आनन्दले माघ २७ गते रिट दर्ता गरेको थियो ।

हेर्नुहोस् आदेश:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !