२१ बैशाख २०८१, शुक्रबार

ट्यांकर दुर्घटनाबाट ऐरको मृत्यु


दुर्घटना

धनगढी । डोटीमा ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार राति जोरायल गाउँपालिका-२ छतिवन बुडर बजार नजिकै पानी बोक्ने से १ क २१ नम्बरको ट्यांकर दुर्घटना हुँदा सोही ठाउँका ४२ वर्षीय तारा ऐरको मृत्यु भएको हो ।

घटनापछि ट्यांकर चालक नवीन ऐर भने फरार छन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !