२० बैशाख २०८१, बिहिबार

दुर्घटनाबाट मलेशियामा एक नेपालीको मृत्यु


मृत्यु

काठमाडौं । मलेशियाको जोहार बरुमा रहेका एक नेपालीको दुर्घटनाबाट मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको दुर्घटनाबाट मृत्यु भएको छ ।

नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतकको शव जोहारको अस्पतालमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !