१४ बैशाख २०८१, शुक्रबार

फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्न पाइने (आदेशसहित)


पठनपाठन

काठमाडौँ । आगामी फागुन १ गते शैक्षिक संस्था खोल्न पाइने भएको छ । आज आइतबार काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बसेको बैठकले आज फागुन १ गतेदेखि स्कूल तथा कलेज खोल्न पाइने निर्णय गरेको हो ।

आज आइतबार नै बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले कोरोनाको जोखिम कम भएको भन्दै आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न सिफारिस गरेको आधारमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले फागुन १ गतेदेखि स्कूल तथा कलेज खोल्न पाइने निर्णय गरेको हो ।

साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यद्यपि १२ वर्ष उमेर पुरा नभएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने जिल्ला प्रशाशन कार्यालयले जारी गरेको आदेशमा भनिएको छ ।

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।

यद्यपि, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि भनिएको छ ।

यस्तो छ हेर्नुहोस् जिल्ला प्रशाशन कार्यालय काठमाडौँले जारी गरेको आदेश

जिप्रका काठमाडौँले जारी गरेको आदेश

यो पनि पढ्नुहोस्

उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली हट्यो, के गर्न पाइन्छ र पाइदैन ? (आदेशसहित)

फागुन १ देखि विद्यालय सञ्चालन गर्ने सीसीएमसीसीको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !