१३ बैशाख २०८१, बिहिबार

उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली हट्यो, के गर्न पाइन्छ र पाइदैन ? (आदेशसहित)


लकडाउन खुलेपछि बढ्यो राजधानी काठमाडौँमा चहल-पहल

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ । आज आइतबार काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बसेको बैठकले आज राति १२ बजेदेखि सवारी साधनामा जोरबिजोर प्रणाली हटाउने निर्णय हो ।

आज आइतबार नै बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको आधारमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधनमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यद्यपि १२ वर्ष उमेर पुरा नभएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने जिल्ला प्रशाशन कार्यालयले जारी गरेको आदेशमा भनिएको छ ।

यस्तो छ हेर्नुहोस् जिल्ला प्रशाशन कार्यालय काठमाडौँले जारी गरेको आदेश
जिप्रका काठमाडौँले जारी गरेको आदेशजिप्रका काठमाडौँले जारी गरेको आदेशजिप्रका काठमाडौँले जारी गरेको आदेशजिप्रका काठमाडौँले जारी गरेको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !