२१ बैशाख २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


दुर्घटना

बाजुरा । बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनाबाट मोटरसाइकलमा सवार अछामको साँफेबगर घर भएका ३८ बर्षीय बल सुनारको मृत्यु भएको हो ।

सुदुर पश्चिम प्रदेश ०१–००८प ४०५० नम्बरको मोटरसाइकल दुर्घटनाबाट घाइते भएका बाजुराकै त्रिवेणी नगरपालिका–४ का ३६ बर्षीय गगन साँउदको अछाम स्थित बयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !