१९ बैशाख २०८१, बुधबार

स्याङ्जामा जीप दुर्घटना : २ जनाको मृत्यु


दुर्घटना

वालिङ । आज बिहान स्याङ्जामा भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बिहान बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जीप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर थापा (चालक) र सोही ठाउँ बस्ने ३२ वर्षीय भेषबहादुर थापाको घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिए ।

जीप सडकबाट झन्डै ५०० मिटर तल खसेको छ । घटनास्थलबाट प्रहरीले शव सङ्कलन गरी शवपरीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !