२१ बैशाख २०८१, शुक्रबार

उपचारका क्रममा पत्रकार खड्काको मृत्यु


मृत्यु

बाग्लुङ । बाग्लुङका अग्रज पत्रकार विदुर खड्काको मृत्यु भएको छ । मिर्गौला रोगबाट ग्रसित ८० वर्षीय खड्काको काठमाडौँमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

दिवङ्गत खड्काको बिहीबार गृह जिल्लामै अन्त्येष्टि गरिने भएको छ । उनको पहलमा विसं २०२८ मा बागलुङबाट ‘धौलाश्री’ साप्ताहिक प्रकाशनमा आएको थियो । खड्का त्यसको सम्पादक रहेका थिए ।

वि.सं २०५८ मा दैनिक रुपमा प्रकाशन हुन थालेको उक्त पत्रिका वि.सं २०६३ मा बन्द भए पनि त्यसको अनलाइन संस्करणले निरन्तरता पाउँदै आएको थियो । खड्काले वि.सं २०५७ मा गठित नेपाल पत्रकार महासङ्घको तत्कालीन धवलागिरि शाखाको संयोजक भएर काम गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !