२३ बैशाख २०८१, आइतबार

नवलपरासीमा एकजनाको शव तलाउमा फेला


शव फेला

नवलपरासी । नवलपरासी पूर्वमा एक जनाको शव फेला परेको छ । प्रहरीका अनुसार जिल्लाको कावासोती नगरपालिका-१३ गैरीटोल निवासी अटो चालक ५२ वर्षीय माधवप्रसाद गिरी आफ्नो घर नजिकैको तलाउमा मृत फेला परेका हुन् ।

गिरीले चलाउने गरको अटो सडक छेउमा भेटिएको छ । प्रहरीका अनुसार गएराति घरमा रहेका गिरीलाई अपरिचित व्यक्ति आएर अटोमा कतै पुर्‍याइदिन भनेपछि उनी घरबाट निस्किएका थिए । उनको हत्या भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !