२३ बैशाख २०८१, आइतबार

कालीकोटमा १० वर्षमा ८ हजार जनसंख्या वृद्धि


कालीकोट

मान्म । १० वर्षमा कालीकोटको जनसंख्या करिव ८ हजारले वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसंख्या एक लाख ४४ हजार ९१७ रहेको छ भने यसअघि २०६८ सालमा एक लाख ३६ हजार ९४८ थियो । जिल्लाको वार्षिक जनसंख्या वृद्धिद्धर ०.५४ प्रतिशत छ ।

नतिजा अनुसार जिल्लाका नौवटा स्थानीय तहमध्ये सबैभन्दा कम नरहरिनाथ गाउँपालिकाको जनसङ्ख्यामा रहेको छ । सो गाउँपालिकामा २०६८ सालमा २४ हजार १४२ जनसंख्या रहेकामा अहिले २२ हजार ४१४ देखिएको छ ।

जिल्लाको खाँडाचक्र नगरपालिका भने जनसंख्या वृद्धि भएको छ । २०६८ सालमा २० हजार ६१८ जनसंख्या रहेको सो नगरपालिकामा अहिले झन्डै तीन हजार वृद्धि भएर २३ हजार ३३६ पुगेको छ ।

नतिजा अनुसार शुभकालिकामा १३ हजार ९००, महावैमा आठ हजार ३३४, पचालझरनमा १३ हजार ६८३, पलाँतमा १७ हजार ६५८, सान्नी त्रिवेणी गाउँपालिकामा १२ हजार ८६४, रास्कोट र तिलागुफा नगरपालिकामा क्रमशः १६ हजार ४६९ र १६ हजार २५९ जनसंख्या रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !