२० बैशाख २०८१, बिहिबार

झगडा हुँदा भाग्ने क्रममा अग्लो सडकबाट लडेर एकजनाको मृत्यु


मृत्यु

काठमाडौं । काठमाडौंको मित्रपार्कमा झगडा हुँदा करिब २७ वर्षीय युवकको मृत्यु भएको छ । मृतकको नाम नखुलेको महानगरीय प्रहरीले जनाएको छ ।

मित्रपार्क आसपासमा बस्ने युवकहरूको बीचमा गएराति झगडा हुँदा भाग्ने क्रममा अग्लो सडकबाट लडेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

झगडा गर्ने ३९ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षका सुरेश दर्नाललाई प्रहरीले पक्राउ गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !