१४ बैशाख २०८१, शुक्रबार

कस्तुरीको विनासहित ४ जना पक्राउ


पक्राउ

काठमाडौं । प्रहरीले दुर्लभ बन्यजन्तु कस्तुरीको विना सहित ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका–३ स्थित विष्णुमती करिडोरबाट नुवाकोट घर भएका २९ वर्षीय आशिक तामाङ, धादिङ घर भएका ३५ वर्षका श्याम पाठक र ४० वर्षीय राजु थापा तथा काठमाडौं तारकेश्वर नगरपालिका घर भएका ३४ वर्षीय कृष्ण गुरागाईंलाई प्रहरीले पक्राउ गरेका छन् ।

कस्तुकरीको विना किनबेच हुन थालेको सुराक पाएपछि महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !