४ जेष्ठ २०८१, शुक्रबार

सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध


नारायणगढ-मुग्लिन सडकखण्ड

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो ।

पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ । पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !