१४ बैशाख २०८१, शुक्रबार

आयल निगमकाे निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी भट्टराईलाई


सुशिल भट्टराई

काठमाडाैँ । सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका नायव कार्यकारी निर्देशक भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको पदीय जिम्मेवारी दिएको हो ।

मन्त्रालयका अनुसार नियमित काम गर्नुपर्ने भएकाले बुधबार भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोक्ने निर्णय गरिएकाे हाे । नयाँ कार्यकारी निर्देशन नियुक्त नभएसम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिएको मन्त्रालयले बतेको छ ।

मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदका लागि विज्ञापन आह्वान गरिसकेको छ । नयाँ कार्यकारी निर्देशक नियुक्त भएर नआउँदासम्म भट्टराईले कार्य सम्पादन गर्नेछन् । भट्टराईसँग यसअघि पनि लामो समय निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पूरा गरेको अनुभव छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले तीन वर्षे कार्यभार पूरा गरेर अघिल्लो साता बिदा भएपछि निगम नेतृत्वविहीन बनेको थियो । २०७५ साल पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले पौडलललाई खुला प्रतिस्पर्धाबाट पहिलो पटक निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !