१८ बैशाख २०८१, मंगलबार

वडाअध्यक्ष राईमाथि ढुंगा प्रहार


ढुंगा प्रहार

संखुवासभा । वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । मोटरसाइकलमा घर जाँदै गर्दा संखुवासभा चिचिला गाउँपालिका–२ का वडाध्यक्ष राईमाथि मंगलबार साँझ ढुङ्गा प्रहार भएको प्रहरीले बतायो ।

ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् । अज्ञात समूहको ढुंगा प्रहारबाट सामान्य घाइते टाउको,ढाड र हातमा सामान्य चोट लागेको वडाध्यक्षले राईले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !