२३ बैशाख २०८१, आइतबार

बसको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते


दुर्घटना

काठमाडौं । काठमाडौँमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय सङ्गीत बुढामगरको मृत्यु भएको हो ।

दुर्घटनाबाट रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय बुढामगरको मृत्यु भएको हो । बसको ठक्करबाट सख्त घाइते बुढामगरको उपचारका क्रममा शहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !