२२ बैशाख २०८१, शनिबार

श्रीमतिलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ


पक्राउ

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ३३ बर्षीय जय शर्मालाई श्रीमति कुटपिट गरी हत्या गरेको आरोमा प्रहरीले पक्राउ गरेको छ ।

गत पौष ३० गते शर्माको कुटाईबाट घाईते भएकी १९ बर्षीया श्रीमती पुजा बि.क.लाई उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएकोमा निजको अस्पतालमा उपचार हुन नसकि घर लाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न शर्मालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !