आर्थिक पारदर्शिता नभएको भन्दै पत्रकार महासंघको बैठकमा भाँँडभैलो Nepalpatra आर्थिक पारदर्शिता नभएको भन्दै पत्रकार महासंघको बैठकमा भाँँडभैलो
११ माघ २०७८, मंगलबार

आर्थिक पारदर्शिता नभएको भन्दै पत्रकार महासंघको बैठकमा भाँँडभैलो


नेपाल पत्रकार महासङ्घ

काठमाडौं । पत्रकार महासंघको बैठक भाँडभैलो भएको छ । मिडिया अवार्ड वितरणको विषयलाई लिएर प्रेस सेन्टर सम्बद्ध १७ जना सदस्यहरूले केहीबेर बैठक नै बहिष्कार गरेका छन् ।

महासंघका अध्यक्ष विपुल पोखरेल आफू मात्रै मिडिया अवार्ड वितरण कार्यक्रममासहभागी भएको, महासंघमा आर्थिक पारदर्शिता नभएको, श्रमजीवी पत्रकारहरुको मुद्दालाई बेवास्ता गरिएको लगायतका विषयलाई बैठकमा उनीहरुले उठाएका थिए ।

एक केन्द्रीय सदस्यका अनुसार उनीहरुलाई महासंघ नेतृत्वले माग सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले उनीहरु बैठकमा सहभागी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !