१३ बैशाख २०८१, बिहिबार

आर्थिक पारदर्शिता नभएको भन्दै पत्रकार महासंघको बैठकमा भाँँडभैलो


नेपाल पत्रकार महासङ्घ

काठमाडौं । पत्रकार महासंघको बैठक भाँडभैलो भएको छ । मिडिया अवार्ड वितरणको विषयलाई लिएर प्रेस सेन्टर सम्बद्ध १७ जना सदस्यहरूले केहीबेर बैठक नै बहिष्कार गरेका छन् ।

महासंघका अध्यक्ष विपुल पोखरेल आफू मात्रै मिडिया अवार्ड वितरण कार्यक्रममासहभागी भएको, महासंघमा आर्थिक पारदर्शिता नभएको, श्रमजीवी पत्रकारहरुको मुद्दालाई बेवास्ता गरिएको लगायतका विषयलाई बैठकमा उनीहरुले उठाएका थिए ।

एक केन्द्रीय सदस्यका अनुसार उनीहरुलाई महासंघ नेतृत्वले माग सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले उनीहरु बैठकमा सहभागी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !