काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन शुरु गरिएको छ । रेष्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।
उनका अनुसार आजदेखि अधिकांश संरचना भत्काइएको छ भने केही भत्काउने तयारीमा रहेका छन् । क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाउन थालेपछि चौतर्फी विरोध सुरु भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक छानबिन समिति गठन भएको छ ।
समितिले आज शुक्रबारदेखि आफ्नो काम सुरु गरेको उक्त समितिका सदस्य तथा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेलले जानकारी दिए । समितिले ती विवदित संरचना भत्काउनका लागि १२ जना कामदार खटाएको जनाएको छ ।
समितिले सङ्ग्राहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।
यो पनि पढ्नुहोस्
नारायणहिटीभित्र बनाएको संरचना आइतबारसम्म नभत्काए मन्त्री आलेले आफैं भत्काउने चेतावनी
नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने समूहमा मेरो संलग्नता छैन : आरजु राणा
नारायणहिटी दरबार संग्राहालयसम्बन्धि कुनै पनि निर्णयमा मेरो संलग्नता छैन : योगेश भट्टराई
पर्यटनमन्त्री आलेको निर्देशनपछि रोकियो नारायणहिटीमा रेष्टुरेन्ट निर्माण
नारायणहिटीमा विवादास्पद रेस्टुरेन्ट : अख्तियार र मन्त्रालयबाट छानबिन सुरु
नारायणहिटीको जग्गा पनि अतिक्रमण