६ जेष्ठ २०८१, आइतबार

नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने समूहमा मेरो संलग्नता छैन : आरजु राणा


डा. आरजु राणा देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले विवादित बतास समूहमा आफ्नो आवद्धता नरहेको बताएकी छन् ।

नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न लागेको बतास समूहको सल्लाहकारमा देउवाको रहेको सार्वजनिक भएपछि बिहीबार विज्ञप्ति जारी गर्दै उनले आफू आवद्ध संस्थाको नाम सार्वजनिक गर्दै बतासमा आफ्नो संलग्नता नरहेको बताएकी हुन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी देउवामाथि पशुपति धर्मशालामा होटल सञ्चालन गरेको बतास समूहको सल्लाहकारको आरोप लागेको छ ।

देउवाले आफू ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष र सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक तथा अध्यक्ष, नामीको अध्यक्ष रहेको उल्लेख गरेकी छन् ।

देउवाले यूलेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र रक्तदाता संघको संरक्षकबाहेक कुनै पनि संस्थाहरुमा सल्लाहकार वा अन्य कुनै पदमा संलग्नता नरहेको आरजुले दावी गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !