८ बैशाख २०८१, शनिबार

पर्यटनमन्त्री आलेको निर्देशनपछि रोकियो नारायणहिटीमा रेष्टुरेन्ट निर्माण


प्रेमबहादुर आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट निर्माण कार्य रोकिएको छ । दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेको निर्देशनमा रोक लगाइएको हाे ।

बतास अर्गनाइजेसन अन्तर्गत बी म्यानेजमेन्टले दरबार संग्रहालयभित्र बनाइरहेको रेस्टुरेन्टको निर्माण कार्य अब रोकिने भएको हो । विभिन्न मिडियामा समाचार आएपछि उक्त निर्णय भएको हो ।

मन्त्री आलेको निर्देशन पछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले बी म्यानेजमेन्टलाई पत्र लेख्दै जारी निर्माण कार्य रोक्न भनेको छ।

मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको हो । समितिले २० पुसमा बतासलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।

नारायणहिटीमा रेष्टुरेन्ट निर्माण रोकियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !