२३ बैशाख २०८१, आइतबार

शिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीको जोखिम बीमा


शिवम् सिमेन्ट

काठमाडौँ । शिवम् सिमेन्टले गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ ।

सो अन्तर्क्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको थियो । साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो ।

स्याङ्जा, लनहु, लमजुङ, गोरखा, बाग्लुङ लगायत जिल्लाका विभिन्न १० स्थानमा ५ सय बढी निर्माण कर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मीहरुसँग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरी सकेको छ।

उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आईपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो।

शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माण कर्मीहरुसँग प्राविधिक अन्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आईरहेको छ ।

पहिलो चरणअन्र्तगत शिवम् सिमेन्टले भदौ तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार बढी निर्माणकर्मीहरुसँग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधीले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !